अन्नपूर्णमा सामुदायिक सेवा केन्द्र वगरको सचेतना कार्यक्रम

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ३, २०७९
samudayik bagar

पोखरा, ३ चैत । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा कास्कीको अन्नपूर्ण गाँउपालिकामा लैड्डिक तथा घरेलु हिंसा सम्वन्धि सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

अन्नपूर्ण गाँउपालिका–३ लक्ष्मी देउराली स्थित सामाजिक वातवरणीय आमा समूहको व्यवस्थापनमा भएको कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहले सहजिकरण गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा लैड्डिक हिंसाको परिचय, लैड्डिग हिंसा सम्वन्धमा नयाँ मुलुकी एनेमा भएका व्यवस्थाहरु र घरेलु हिंसा सम्वन्धमा नयाँ मुलुकी ऐनमा भएका व्यवस्था र सो सम्वन्धमा घटेका घटनाका वारेमा उजुरी कहाँ र कहिले गर्ने भन्ने वारेमा जानकारी गराइएको थियो ।

गाँउ गाँउमा पुगेर लैड्डिक तथा घरेलु हिंसाका बारेमा सचेतना जगाउने उद्देश्यले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाले यस्ता कार्यक्रम गर्दै आएको अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्येष्ठ नागरिक टिकाराम पौडेलले यस्ता खालका कार्यक्रमले गाउँमा सचेतना जगाउन मद्दत मिल्ने बताउनुभयो ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक कमल प्रसाद बास्तोला, सामाजिक वातवरणीय आमा समूहकी अध्यक्ष राधिका पौडेलले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives