पोखरा, २ चैत । लायन्स क्लब इन्टरन्यासनल २२५ के को प्रथम वार्षिक सम्मेलन चैत ४ गते शनिबार पोखरामा हुने भएको छ ।
पोखरा सभागृहमा हुने सो सम्मेलनमा देशभरका करिब १५ सय लायनहरुको सहभागिता रहने क्लबका गनर्भन राजेन्द्रकुमार बाटाजूले बताउनुभयो ।
लायन्स क्लबका सदस्यहरुको लागि वार्षिक सम्मेलन महान पर्व भएको बताउँदै उहाँले सम्मेलनको सम्पूर्ण तयारी करिब पूरा भएको बताए । सम्मेलनको समुद्घाटन अघि चिप्लेढुंगाको मानवअधिकार चोकबाट पोखरा सभागृहसम्म परेड आयोजना गरिने छ ।
क्लबका कन्भेनर टीकाराम सापकोटाले पनि सम्मेलन भव्य बनाउन कुनै कसर बाँकी नराखिएको बताउनुभयो ।
प्रथम सम्मेलनको रजिष्टे«ेसन समितिका संंयोजक बसन्त गिरीका अनुसार सम्मेलनमा सहभागिताको लागि नाम दर्ता हुने क्रम जारी छ ।
क्लबका को–कन्भेनर श्यामकृष्ण श्रेष्ठका अनुसार प्रथम सम्मेलनको पूर्वसन्ध्यामा हुने परेडमा लाखे नाच, पञ्चेबाजा पनि समावेश गरिएको छ ।
कन्भेनर टीकाराम सापकोटाका अनुसार प्रथम सम्मेलनमा लायन वर्ष २०२३÷०२४ का लागि नयाँ नेतृत्व चयनसमेत गर्नेछ ।
लायन वर्ष २०२३÷०२४ का लागि डिष्ट्रिक्ट गभर्नरमा लायन सुचित्रा थापा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन निरा बज्राचार्य र द्धितीय डिष्ट्रिक्ट भाइस गभर्नरमा लायन दुर्गाप्रसाद हुमागाईंको आधिकारिक उम्मेदवारी दर्ता भएको छ ।
‘उम्मेदवारी दर्ता भनेको प्रक्रिया हो, उहाँहरुका अरु प्रतिस्पर्धी हुनुहुन्न’,कन्भेनर सापकोटाले भन्नुभयो, लायनहरु विधिमा विश्वास गर्छन्, निर्वाचन भनको विधि हो र उहाँहरु त्यसको लागि मैदानमा आउनुभएको हो, उहाँहरुले निर्वाचनमार्फत् सत्प्रतिशत मत प्राप्त गर्नुहुनेछ ।’
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी