पोखरा, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उहाँलाई शपथ गराउनुभएको हो । शितल निवासमा आयोजित सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री सहित उच्च पदस्थको सहभागिता रहेको थियो ।
उहाँ गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको हो । विहीबार भएको निर्वाचनमा पौडेलले ३३ हजार आठ सय दुई मत भार पाएर निर्वाचित बन्नुभएको छ । उहाँले काँग्रेस सहित आठ दलको मत पाउनु भएको छ ।
राष्ट्रपतिका अर्का उम्मेद्बार नेकपा एमालेका नेता सुवास नेम्वाङगले १५ हजार पाँच सय १८ मतभार पाउनु भएको छ । संघीय संसद् भवनमा निर्वाचन भएको थियो ।
राष्ट्रपति पौडेल मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमामा निर्वाचित हुनुभएको हो । उहाँले सरकारको उपप्रधानन्त्री र सभामुखको भूमिका निर्वाह गरिसक्नु भएको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
पोखरामा राष्ट्र संघको नमुना महासभा हुने
लागू औषधसहित तीन जना पक्राउ
रेडियो हेमजा एघारौं वर्षमा
औषधी र स्वास्थ्य उपकरण बारे जानकारी लिन मुख्यमन्त्री पाण्डे स्टोरमा