पोखरा, २९ फागुन । जिल्ला समन्वय समिति कास्कीले संघ ,प्रदेश र स्थानीय तहबाट आर्थिक वर्ष २०७९÷८० मा सम्पादित कार्यहरूको अर्ध वार्षिक समिक्षा गरेको छ ।
दुई दिनसम्म चेलेको समिक्षा बैठकमा कास्कीका विभिन्न कार्यालयमा संचालित योजना तथा विकास निर्माणका कार्यहरूको समिक्षा गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तीन वटै तहका सरकारका कामहरूको सहजीकरणका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
पौडेलले निर्माणाधिन केही आयोजनाको गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको हुँदा गुणस्तरमा कुनै कमजोरी देखिन नहुने उल्लेख गर्दै यदि त्यस्तो पाइएमा कुनै सम्झौता नहुने प्रष्ट पार्नु भयो।
कार्यक्रममा कास्कीमा छनोट भएका कुल २२ वटा कार्यालय मध्ये २० वटाले प्रस्तुति गरेका थिए । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९५ बमोजिम उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कास्कीमा चालू आर्थिक वर्षको पहिलो छ महिनामा पूजिगत खर्च तर्फ औसत १५ प्रतिशत मात्रै खर्च भएको पाइएकोले कार्यसम्पादन स्तर सुधार्नुपर्ने जिल्ला समन्वय अधिकारी नबराज बरालले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान