पोखरा,२८ फागुन । पोखराका क्रियाशील पत्रकारहरुका लागि आयोजित तीन दिने भाषा सम्पादन तालिम आइतबार सकिएको छ ।
पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीले तालिम आयोजना गरेको हो ।
तालिममा सहभागी ५५ जना पत्रकारलाई भाषाविज्ञ शरच्चन्द्र वस्ती र प्रशिक्षक विमल आचार्यले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले भाषालाई सतहीमा बुझ्न नहुने भन्दै सिकाइ भन्ने कुरा कहिल्यै नसकिने बताउनुभयो । उनले भाषालाई समुन्नत बनाउन सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक, प्रमुख प्रशिक्षक शरच्चन्द्र वस्ती, प्रशिक्षक विमल आचार्य, प्रशिक्षार्थी कमल पौडेल अथक, खीमाकुमारी गुरुङ लगायतले बोल्नुभएको थियो ।
महासंघका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामप्रसाद तिमेल्सिनाले स्वागत, उपाध्यक्ष जमुना शर्मा वर्षाले धन्यवाद ज्ञापन र सहसचिव श्रीराम सिग्देलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
नागीधार महोत्सव एक दिन थप
पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतिमा झुमे पोखरेली
पोखरा महोत्सवमा दर्शकको भीड
एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको १६ र १७ गते काठमाण्डौमा
पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता शुरु
Archives
Archives