पोखरा, २६ फागुन । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराललाई पितृशोक परेको छ ।
उहाँका बुबा लोकराज बरालको ८२ वर्षको उमेरमा शुक्रबार साँझ निधन भएको हो । बराल समाजसेवाका क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । अपरेशनपछि उहाँ घरमा नै आराम गरिरहनु भएको थियो ।
उहाँको पार्थिव शरिर शनिवार पोखरा ९ स्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको छ । पोखरा १७ स्थित निवासबाट शवयात्रा गरिएको थियो । शवयात्रामा विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता, व्यवसायी, खेलाडि, आफन्त, परिवारजन, शुभेच्छुकको सहभागिता रहेको थियो ।
उहाँका पाँच छोरा र तीन छोरी हुनुहुन्छ । सांसद एवं नेपाली काँग्रेसका युवा नेता बराल साइला छोरा हुनुहुन्छ ।
Related News
सम्बन्धित समाचार
सुजुकीका “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस