कवि तथा गीतकार केसीका दुई कृर्ति लोकार्पण

राष्ट्र न्यूज सम्वाददाता
फागुन २७, २०७९
Book News (1)

पोखरा, २६ फागुन । कवि तथा गीतकार देवेन्द्र केसी देवुका पछिल्ला दुई कृतिको पोखरामा लोकार्पण गरियो ।

वरिष्ठ संगीतकार शक्ति बल्लभ, वरिष्ठ साहित्यकार सरुभक्त र वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले संयुक्तरूपमा उक्त कृतिको लोकार्पण गर्नुभयो ।

प्रमुख अतिथि वरिष्ठ संगीतकार शक्ति बल्लभले केसीका सिर्जनासँग जोडिएपछि आफूलाई धेरै पहिला उनीसँग जोडिनुपर्ने अनुभूति भएको बताउनुभयो ।

सोही समारोहबीच अनेसास गण्डकी समितिकातर्फबाट संगीतकार बल्लभलाई नेपाली सुगम संगीतका क्षेत्रमा पाँच दशक साधना गरी पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । सरुभक्त, हरिदेवी र कृष्णप्रसाद बास्तोलाले संयुक्तरूपमा सम्मान अर्पण गर्नुभयो ।

अतिथि सरुभक्तले केसीलाई लामो समयदेखि नजिकैबाट चिनेको बताउँदै समकालीन नेपाली समाजको चित्रण नै देवेन्द्रका सिर्जना र मुक्तकका विषयवस्तु भएको उल्लेख गर्नुभयो ।

हरिदेवी कोइरालाले केसीलाई व्यस्त जीवनको परिपाठ मिलाउँदै राष्ट्रसेवकसँगै साहित्यसेवकका रूपमा अगाडि बढेको सफल र असल प्रतिभाकारूपमा चित्रण गर्नुभयो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले आफ्ना अनुभव र अनुभूतिलाई लिपिबद्ध गराएर राज्यमा सुव्यवस्था कायम गर्न लेखन अनिवार्य भएको बताउनुभयो ।

कृतिको समीक्षा गर्दै घनेन्द्र ओझाले छ सातवर्षदेखि सिर्जनाका माध्यमबाट देवुलाई चिन्दै आएको र उहाँको साहित्य लेखनको पहिलो कडी इमान भएको बताए ।

कृतिका स्रष्टा केसीले सधैं आफूले काठमाडौंमा मात्र कार्यक्रम गर्ने भनेर आफ्ना जन्मभूमिवासीको स्नेहले यसपटक पोखरामा कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा रामभक्त जोजिजु, कर्ण दास र नवीन कार्कीले दोषी नजर भित्रका गीत गायन, सावित्री गिरी र वसन्त विनोदले कृतिभित्रका मुक्तक वाचन गर्नुभयो ।

समाजसेवी रमेशबहादुर भट्टराई, साइभक्त मोहन केसीलगायतले देवेन्द्रका विविध व्यक्तित्व र आयामका बारेमा चर्चा गर्नुभयो ।

अध्यक्षको आसनबाट बोल्दै कृष्ण बास्तोलाले हरिदेवी कोइराला एकल सांगीतिका साँझबाट स्थापना भएको संस्थाले स्रष्टा सम्मान, कृति लोकार्पण जस्ता कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

अनेसास उपाध्यक्ष दुर्गा न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रममा महासचिव असफल गौतमले धन्यवाद व्यक्त गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

  • साहित्यिक साँझ – २०८० हुँदै

    राष्ट्र न्यूज सम्वाददाता जेठ १९, २०८०
    पोखरा, १९ जेठ । पोखरा – १३ साहित्यिक साँझ – २०८० हुने भएको छ । पोखरा –१३ आर्वास्थित आशिर्वाद क्लब…
  • हावाहुरी प्रभावित २५ परिवारलाई राहत

    राष्ट्र न्यूज सम्वाददाता जेठ १८, २०८०
    पोखरा, १८ जेठ । उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावित परिवारलाई युनाइटेड क्लब पोखराले राहत प्रदान गरेको छ । क्लबको विपद्…
  • पोउवा संघको बोर्ड बैठक गिलुङमा

    राष्ट्र न्यूज सम्वाददाता जेठ १७, २०८०
    पोखरा,१७ जेठ।पोखरा उद्योग वाणिज्य संघले लमजुङको क्होंलासोथर गाउँपालिकाको गिलुङमा आफ्नो १२ औं कार्यसमिति बैठक गरेको छ । ग्रामीण पर्यटन तथा…
  • पोखराका गाईभैंसीमा लम्पी स्किन रोगको समस्या

    राष्ट्र न्यूज सम्वाददाता जेठ १६, २०८०
    पोखरा, १६ जेठ । पोखरा महानगरपालिका भित्र पालिएका गाईभैंसीहरुमा लम्पी स्किन रोगको समस्या देखिएको छ । वैशाख १० गतदेखि विशेष…
  • आगामी वर्षका लागि १७ खर्ब, ५१ अर्बको बजेट

    राष्ट्र न्यूज सम्वाददाता जेठ १५, २०८०
    पोखरा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएको छ…