पोखरा, २६ फागुन । सुजुकी ब्राण्डका दुई नयाँ एसयूभि “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक गरिएको छ ।
नेपालका लागि सुजुकी ब्राण्डका चारपाङ्ग्रे गाडीको गण्डकी, धौलागिरीको आधिकारीक वितरक बतास ब्रदर्स प्रा.लिले शुक्रबार नयाँजबारस्थित सोरुममा कार्यक्रम गरी ती गाडी सार्वजनिक गरेको हो ।
कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख प्रमुख डिल्लीराम रिजालले सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा दुवै गाडीको मूल्य पनि सार्वजनिक गरिएको छ । शुभरम्भको अवसरमा गाडीहरुमा ३ लाख सम्मको छुटको व्यवस्था गरिएको छ ।
“द ग्राण्ड भिटारा” सुकुजीको एक बहुप्रतिष्ठित मोडेलको गाडी हो । यसमा आफ्नै क्राफ्टेड फुटुरिज्म डिजाईन ल्याङ्ग्वेजको प्रयोग गरिएको छ । यसको अरुभन्दा फरक बाहिरी लुक्स र प्रिमियम इन्टेरियर प्रदान गरेको छ ।
सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजिले यस एसयूभिको अफ रोड क्षमता उच्च रहेको छ । ग्राण्ड भिटारामा पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाईब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।
पूरानो संस्करणको भिटारा ब्रेजा नेपालकै सर्वाधिक विक्री हुने एसयूभि हो । यसमा अत्याधुनिक प्रविधि र नेक्स्ट जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु राखिएको छ ।
यो स्पोर्टि एसयूभिले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाईन, शक्तिशाली पर्फरमेन्स, उन्नत सुरक्षाका सुविधा दिने कम्पनीले जनाएको छ । नयाँ ब्रेजामा हाई टेक सुविधाहरु रहेका छन् । यो गाडी शहर र बाहिरका सडकहरुका लागि उपयुक्त मानिएको छ ।
अहिलेको प्रतिष्पर्धी बजारमा एसयूभि सेग्मेन्टका यी दुई गाडीको उपस्थितिले अझैं मजबुत बनाउने कम्पनीको विश्वास रहेको छ । बतास ब्रदर्सका सिओओ राजेश रानाभाट र सुकुकी सेल्स म्यानेजर नवराज अधिकारीले पछिल्लो समयमा नेपाली बजारमा एसयूभिको माग उच्च रहेको बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान