मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण

राष्ट्र न्यूज सम्वाददाता
फागुन २१, २०७९
mardikhola-saichhik

पोखरा, २१ फागुन । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले आफ्नो २४ औं वार्षिकोत्सवका अवसरमा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण गरेको छ ।

कास्कीका विभिन्न सरकारी विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीहरुलाई १२ हजारका दरले एक लाख ८० हजार छात्रवृत्ति र सात विद्यालयलाई तीन लाख २० हजार बराबरको विज्ञान तथा गणितीय शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

शैक्षिक सामाग्री पाउने विद्यालयमा महेन्द्र मावि लाहाचोक, पृथ्वीनारायण मावि धम्पुस, निष्पक्ष मावि हुम्दी, बराह मावि भिडाबारी, माछापुच्छ्रे मावि ढिकुरपोखरी, सृजना सामुदायिक मावि सिमपाली र संगम मावि चन्द्राकोट छन् ।

कार्यक्रममा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य बहादुर खड्का ‘बिखर्ची’ ले शिक्षा क्षेत्रमा योगदान दिने व्यक्तिहरु सधै आदरणीय हुने बताउनुभयो ।

प्रतिष्ठानका सचिव डिल्लीराम गिरीको अध्यक्षतामा भएकोे कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङ, माछापुच्छ्रे गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोखरेल, माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष नारायण प्रसाद पौडेल, निष्पक्ष माविका प्रधानाध्यापक दुर्गा रावत, महेन्द्र माविका सहायक प्रधान शिक्षक मिनराज अधिकारी, प्रतिष्ठानका कोषाध्यक्ष अनिल लामिछाने लगायतले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives