फेवातालमा डुङ्गा पल्टियो, एकको मृत्यु, पाँचको उद्वार

राष्ट्र न्यूज सम्वाददाता
फागुन २०, २०७९
fewatal

पोखरा, २० फागुन । फेतातालमा शनिवार डुङ्गा पल्टदा एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं १ निवासी ७० वर्षीया यम माया गिरीको मृत्यु भएको हो ।

शनिवारको हावाहुरी र वर्षाका कारण तालबाराही मन्दिरको पछाडी डुङ्गा पल्टिएको प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा उद्वार गरिएकी गिरीलाई उपचारार्थ गण्डकी मेडिकल कलेज लगिएको थियो ।

प्रहरीले डुङ्गामा सवार अन्य पाँच जनाको सकुशल उद्वार गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives