पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर परीक्षा प्रणालीबाट स्नातकोत्तर तहको प्रवेश परीक्षा

राष्ट्र न्यूज सम्वाददाता
फागुन १९, २०७९
ioewrc (1)

फागुन ,१९ पोखरा । पोखराको लामाचौरस्थित इन्जिनियरिङ्ग अध्ययन सस्थान पश्चिमान्चल क्याम्पसमा पहिलो पटक काठमाडौँ बाहिर शैक्षिक बर्ष २०७९÷०८० को सूचना प्रविधिको आधारमा कम्प्युटर परीक्षा प्रणालीको मार्फत् स्नातकोत्तर तह जिओम्यटिक्स बिषयको प्रवेश परीक्षा भएको छ ।

यो पटक जिओम्यटिक्स बिषयमा स्नातकोत्तर तह अध्ययन गर्न चाहने बिद्यार्थीका लागि उक्त परीक्षा केन्द्रमा व्यवस्था मिलाइएको क्याम्पस प्रमुख ई. निर्मल प्रसाद बरालले जानकारी दिनुभयो ।

आगामी दिनमा स्नातक तथा स्नातकोत्तर तहका अन्य बिषयहरू अध्ययन गर्न चाहने बिद्यार्थीहरूका लागि पनि प्रवेश परीक्षा दिन व्यवस्था मिलाउन आवश्यक प्राविधिक तयारी पूरा भएको उहाँको भनाइ थियो ।

इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा अध्ययन गर्न चाहने बिद्यार्थी प्रवेश परीक्षा दिन काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपतिमा पौडेल

    राष्ट्र न्यूज सम्वाददाता फागुन २५, २०७९
    पोखरा, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । उहाँ गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति…
  • विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो

    राष्ट्र न्यूज सम्वाददाता फागुन २५, २०७९
    गण्डकी, २५ फागुन । समाजका सवै खाले विभेदको अन्त्य र संवैधानिक अधिकार सुनिश्चितताका लागि शिक्षा, रोजगार र प्रविधि आवश्यक रहेकोमा…
  • महिला दिवसमा पोखरा महागनरले विविध कार्यक्रम गर्ने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २३, २०७९
    पोखरा, फागुन २३ गते ।पोखरा महानगरपालिकाले ११३ औँ अन्तराष्टिय महिला दिवसको अवसरमा “लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको…
  • फेवातालमा डुङ्गा पल्टियो, एकको मृत्यु, पाँचको उद्वार

    राष्ट्र न्यूज सम्वाददाता फागुन २०, २०७९
    पोखरा, २० फागुन । फेतातालमा शनिवार डुङ्गा पल्टदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १ निवासी…
  • लागू औषधसहित दुई पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता फागुन १७, २०७९
    पोखरा, १७ फागुन । प्रहरीले पोखरामा लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो पोखरा र…