पोखरा, १७ फागुन । प्रहरीले पोखरामा लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका वडा नं.१३ चिसापानीमार्ग स्थित डेरा गरी बस्ने पोखरा ९ का २६ वर्षीय आशिष थकाली र पुतलिबजार नगरपालिका वडा नं. ६ घर भई हाल पोखरा १३ चिसापानी मार्ग बस्ने २७ वर्षीय सुमन गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको शरीर तथा डेराकोठाबाट लागू औषध खैरो हेरोईन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ तत्काल तौल गर्दा ३० ग्राम, नाईट्रोभ्याट २५ चक्की, डिजिटल तराजु १ थान र मोवाईल २ थान बरामद गरेको छ ।
निजहरूलाई जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सुजुकीका “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक
राष्ट्रपतिमा पौडेल
विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो
महिला दिवसमा पोखरा महागनरले विविध कार्यक्रम गर्ने
फेवातालमा डुङ्गा पल्टियो, एकको मृत्यु, पाँचको उद्वार