फागुन १७, पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक बुद्धिराज गुरुङले नेपालका लागि जापानी दुतावासका द्धितिय सचिव योसिमुरा केन्जी सँग भेटघाट गर्नुभएको छ ।
गण्डकी प्रदेशमा जापानीज नागरिकहरुको सुरक्षा र सुविधाको विषयमा जानकारी लिन पोखरा आउनु भएका केन्जीसंग भेटघाट गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गुरुङले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको वस्तुस्थिति सामान्य र पर्यटकहरुका लागि उपयुक्त रहेको बताउनुभयो ।
प्रहरी प्रमुख गुरुङले गण्डकी प्रदेशमा जापान लगायत सबै देशका नागरिकहरुलाई सम्मानको नजरले हेर्ने गरिएको जानकारी दिनुभयो ।
कुनै पनि विदेशी नागरिकको सुरक्षामा चुनौति नरहेको उल्लेख गर्दै उहाँले विदेशी पथ पर्यटकहरुलाई पथ प्रदर्शक बिना एक्लै नहिड्न सल्लाह दिने गरेको उल्लेख गर्नुभयो ।
उहाँले गण्डकी प्रदेशमा रहेका पर्यटक प्रहरीले समेत पर्यटकहरुलाई सुरक्षाका विषयमा आवश्यक सुझाव र जानकारी दिईरहेको बताउनुभयो ।
पर्यटकहरुको सुरक्षार्थ दुतावाससंग सूचनाहरु आदान प्रदान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय तत्पर रहेको बताउदै जापानीज नागरिकरुलाई पोखरा लगायत गण्डकी प्रदेशको भ्रमण सुरक्षित रहेको सन्देश दिन आग्रह गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
कानुन व्यवसायी बाँस्तोला अभियनयमा
लायन्स शितलचौतारीको सहयोग
प्रहरीद्वारा पटका र आतसबाजीका सामग्री नियन्त्रण
पोखरामा प्लाष्टिकका फुुल गुच्छा र माला बिक्री वितरणमा रोक
संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस पोखरामा