पोखरा, १५ फागुन । १३ औं रुपा तालबेसी फागु महोत्सव हुने भएको छ ।
फागु पूर्णिमाको अवसरमा यहि फागुन २१ देखि २३ गते सम्म रुपा गाउँपालिका वडा नं. ६ र पोखरा ३१ को संगम थलो तालबेसीमा उक्त महोत्सवको आयोजना गर्न लागिएको हो।
महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गरिने आयोजक संस्था सप्तरंगी युवा क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो । रंगहरुको पर्व होलीको अवसरमा आफुहरुले वर्षेनी रुपा तालबेसी फागु महोत्सव आयोजना गर्दै आएको बताउनुभयो ।
महोत्सवमा गुरुङ समुदायको पहिचान झल्किने गरी सांस्कृतिक कार्यक्रमहरु पनि राखिने छ । पर्यटकहरुका लागि राम्रो गन्तव्य तालबेसीको प्रचारप्रसारमा टेवा पुग्ने हेतुले महोत्वसको आयोजना गरिएको हो ।
गण्डकी प्रदेश सरकारका कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद बहादुर गुरुङले तालबेसीको विकासमा आफु प्रतिबद्ध भएको बताउनुभयो ।
आइतबार मात्रै महोत्सवलाई लक्षित गर्दै निर्माण गरिएको ‘रुपा तालको शिर हजुर…’ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई गीतकार अनुराग अधिकारीले लेख्नुभएको हो । धन बहादुर गुरुङले संगीत भर्नुभएको गीतमा स्वर गायिका उषा गुरुङको छ ।
गीतको म्युजिक भिडियोलाई कलाकार एवम् निर्देशक माओत्से गुरुङले निर्देशन गर्नुभएको हो । सुमन गुरुङ, कुशल गुरुङ, डीबी गुरुङ र आइतराम गुरुङको अभिनय रहेको म्युजिक भिडियोको छायाँकन तालबेसीकै वरिपरि स्थानमा गरिएको हो ।
कलाकार एवम् म्युजिक भिडियो निर्देशक माओत्से गुरुङले म्युजिक भिडियोमा गाउँको कथालाई प्रेमिल रुपमा प्रस्तुत गर्न खोजेको बताउनुभयो । गीतले राम्रो सफलता पाउनेमा उहाँ आशावादी हुनुहुन्छ ।
सप्तरङगी क्लबले वर्षेनी गर्दै आएको रुपा तालबेसी फागु महोत्सवको प्रचारप्रसारमा गीत मार्फत थप टेवा पुग्ने विश्वास छ ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान