पोखरा, १३ फागुन । पोखरामा प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पर्वतको मोदी गाउँपालिका वडा नं.६ बस्ने ३१ वर्षीय सुरज नेपाली र तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं.१० बस्ने २२ वर्षीय प्रज्वल राई भन्ने प्रज्वल कुमाललाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईड जरेबरमा शंकास्पद अवस्थामा हिँडिरहेको अवस्था प्रकाउ गरेको हो ।
प्रहरीले सोधपुछ तथा खानतलासी गर्दा सुरज नेपालीको साथबाट ६ एम्पुल डाईजापाम, ६ एम्पुल फेनारगन र ४ एम्पुल नुफिन र प्रज्वल कुमालको साथबाट ५ एम्पुल डाईजापाम, ५ एम्पुल फेनेरागन र ५ एम्पुल नुर्फिन बरामद भएको र निजहरूको घरकोठा खानतलासी लिँदा लागू औषध ४५ एम्पुल डाईजापाम, ४८ एम्पुल फेनेरागन, ४८ एम्पुल नुर्फिन, नाईट्रोभ्याट २१ ट्याबलेट र नगद १ लाख २६ हजार पाँच सय समेत बरामद गरेको छ ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने