पोखराका फोटो पत्रकार सुुरज श्रेष्ठलाई अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार

राष्ट्र न्यूज सम्वाददाता
फागुन ७, २०७९
Sooraz-Shrestha-03

पोखरा, ७ फागुन । पोखराका फोटोपत्रकार सुुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत हुनु हुने भएको छ ।

अमेरिकाबाट संचालित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल “इन्जा” ले यस वर्ष देखि सुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठ पुरस्कृत हुन लाग्नुभएको हो । यही फागुनको १६ गते काठमाडौंमा आयोजना गरिने कार्यक्रममा पाँच सय अमेरिकी डलर राशी सहित उहाँलाई पुुरस्कृत गर्न लागिएको हो ।

पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आउनु भएका श्रेष्ठ २०६२ सालबाट पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुुहुन्छ । पोखरा सिटीडकम र ठीकठाक डटकमबाट फोटो पत्रकारिता शुुरु गर्नुभएका श्रेष्ठले कान्तिपुर, कान्तिपुर साप्ताहिक, नागरिक म्याग्जिनमा फोटो पत्रकारको रुपमा काम गर्नुभएको छ ।

श्रेष्ठले खिचेका फोटो पोखराबाट संचालित पत्रिकाहरुमा पनि प्रकाशित भएका छन् । हाल श्रेष्ठको आफ्नै मिडिया एस टु प्रोडक्सन, ह्याप्पी पोखरा डटकम संचालनमा छ । २०७० सालमा आफ्नै प्रोडक्सन हाउस एस टु प्रोडक्सन संचालनमा ल्याई थुप्रै म्युजिक भिडियो, विज्ञापन,डकुुमेन्ट्री र प्रोमो निर्माण गर्दै आउनु भएको छ ।

फोटो पत्रकारिता सँगै उहाँको अर्को परिचय भनेको गायन हो । २०५८ सालमा गायक बन्छु भनेर हिड्नु भएका श्रेष्ठले ‘अन्जान मायालुु’ गीति एल्बम निकाल्नु भयो । उक्त एल्बमको ‘सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई’ बोलको गीतले प्रसिद्धि कमायो । जुन गीत अहिले पनि उत्तिकै रुचाइन्छ ।

श्रेष्ठले नेपालको चर्चित ¥यालिटी शो हिमालयन रोडीजमा सिनेमेटोग्राफीको काम समेत गर्नुभएको छ । सगरमाथा क्याम्पसमा आयोजना गरिएको वल्र्ड भ्लग च्यालेन्जमा पनि उहाँले सिनेमेटोग्राफीको काम गर्नुभएको छ । अनुभवले खारिनु भएका श्रेष्ठले राष्ट्रिय फोटो पत्रकार संघले २०७० सालमा आयोजना गरेको राष्ट्रियस्तरको ‘नेपाल फोटो कन्टेस्ट’ बाट समेत सम्मान प्राप्त गर्नुभएको छ । उक्त कार्यक्रममा उहाँले खिचेको फोटो उत्कृष्ट भएको थियो ।

२०७५ सालमा पोखरामा ट्रेनर नेपालले आयोजना गरेको फेशन अवार्ड नेपालमा श्रेष्ठले बेष्ट फेशन फोटोग्राफरको अवार्ड जित्नु भएको थियो । पोखरामा भएका सौन्दर्य प्रतियोगिताहरुमा निणार्यकको भुमिका समेत उहाँले निर्वाह गर्दै आउनु भएको छ । सुरजको सक्रियता समाजसेवामा पनि देखिन्छ । श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्कीमा पनि आबद्ध हुनुहुन्छ । नेपाल फोटो पत्रकार संघ कास्कीको कोषाध्यक्षको जिम्मेबारीमा रहनु भएका श्रेष्ठको दैनिकी भनेकै फोटोग्राफी हो ।

सुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) सँगै फोटो पत्रकारिताको माध्यमद्वारा नेपाली समाज तथा आम नागरिकलाई सुसूचित गराउँदै आउनु भएका वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठलाई समेत अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत गर्न लागिएको इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइटेलले बताउनुभयो ।

वि.सं. २०५२ सालदेखि नेपाल समाचारपत्रबाट फोटो पत्रकारिता सुरु गर्नु भएका नरेन्द्र श्रेष्ठले कान्तिपुर पव्लिकेस, लस एन्जलस टाइम्स, न्यूर्योक टाइम्स, टाइम्स म्यागजिन,गार्डियन डेली, टेलिग्राफ युके, इन्डिपेन्डेन्ट युके, फाइनान्सियल टाइम्स, वालस्ट्रीट जर्नल,द टाइम्स लण्डन,डाइ वेल्ट,नेशनल ज्योग्राफी, वाशिंगटन पोष्ट लगायतका संचार माध्यममा काम गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै