फागुन, ४ पोखरा । पोखरामा पत्रकार केशव पाठकलाई मातृशोक परेको छ ।
उहाँकी आमा नैन कुमारी पाठकको ८० वर्षको उमेरमा बिहीबार आफ्नै निवासमा निधन भएको हो ।
उच्च रक्तचाप, मधुमेह लगायतका रोगबाट प्रभावित पाठकको आज नै अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ । स्वर्गीय पाठकका श्रीमान्, चार छोरा र २ छोरी हुनुहुन्छ ।
यसैबीच, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष समेत रहनुु भएका केशव पाठककी ममतामयी माताको निधनप्रति नेपाल खेलकुद पत्रकार मञ्चले शोक व्यक्त गरेको छ ।
मञ्चका महासचिव राजाराम पौडेलद्वारा हस्ताक्षरित विज्ञप्ति यस दुखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने