मन्त्री र पत्रकारको अन्तरक्रिया

राष्ट्र न्यूज सम्वाददाता
फागुन २, २०७९
Interact (1)

पोखरा, २ फागुन । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री रोशन बहादुर गाहामगरले मङ्गलबार पोखराका अग्रज तथा क्रियाशील पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको छ ।

कार्यक्रममा मन्त्री गाहामगरले आफू मिडियामैत्री रहेको बताउनुभयो । उहाँले मिडिया विधेयक पारित गर्ने सन्र्दभमा पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी बढ्ने स्पष्ट पार्नुभयो ।

मन्त्री गाहामगरले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेको बताउदै मन्त्रिपरिषद्को निर्णय २४ घण्टामा सार्वजनिक गर्न भनिएपनि त्यो भन्दा अगावै सार्वजनिक गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । आफूले भर्खरै मात्र मन्त्रालय सम्हालेको बताउदै मन्त्रालय समायोजन र कर्मचारी व्यवस्थापनमा लागिरहेको उहाँको भनाइ छ ।

उहाँले फरक प्रसंगमा बोल्दै मन्त्रालयले वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित तवरले वितरण गर्ने बताउनुभयो ।

कानुन मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम शाखा अधिकृत खुबीराम पोख्रेलले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives