पोखरा, २ फाल्गुन । पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने भएको छ ।
औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन सम्बन्धमा पोखरा महानगरपालिकाद्धारा आयोजित छलफल कार्यक्रम यस्तो समझदारी गरिएको हो । टोलीले वातावरणीय प्रदूषणको अवस्थाका बारेमा प्रतिवेदन तयार गरी बुझाउने छ ।
पोखरामा पछिल्लो समय वातावरणीय प्रदूषण बढेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले मानिसको स्वास्थ्यमा आउन सक्ने जोखिमहरूको न्यूनीकरणका लागि थप सचेतना सहित सजगताको आवश्यकतामा जोड दिनुभयो ।
“आजको मुख्य कन्सर्न भनेको पोखरा औद्योगिक क्षेत्रमा रहेका सम्बन्धित उद्योगहरूबाट हुने वातावरणीय प्रदूषणको मूल्याङ्कन र निराकरणका उपायहरू नै हो, प्रमुख आचार्यले भन्नुभयो, यसका लागि सबैभन्दा पहिले प्रविधियुक्त ट्रिटमेन्ट प्लान्ट स्थापना गर्नु पर्दछ ।”
छलफलमा सहभागी पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष सुरेश श्रेष्ठले यस विषयमा आफूहरू गम्भीर रहेको बताउनुभयो । वातावरणीय स्वच्छता प्रति उद्योगी व्यवसायीहरू पनि उत्ति कै इमानदार रहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय वर्षौँ पुराना यातायातका साधनहरू वातावरण प्रदूषणका प्रमुख कारक बनिरहेका छन् । इन्धनबाट चल्ने ती पुराना सवारी साधनहरूले फाल्ने कालो धुवाँ मानव स्वास्थ्यका लागि निकै हानिकारक हुने चिकित्सकहरूको भनाई छ ।
सन्ततिहरूको सुरक्षित भविष्यका लागि पनि वातावरण स्वच्छताको अभियान थाल्न विलम्ब गर्न नहुने सरोकारवालाहरूको तर्क छ ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान