सकियो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव

राष्ट्र न्यूज सम्वाददाता
माघ २९, २०७९
330384276_1248225459096042_1926002458159120148_n

पोखरा, २९ माघ । चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ सकिएको छ ।

चापाकोट पर्यटन प्रवद्र्वन समितिको आयोजनामा २४ गतेदेखि महोत्सव शुरु भएको थियो । ‘सबैको सहयोगको कारण महोत्सव सफल भयो, समितिका अध्यक्ष भिम पराजुलीले भन्नुभयो, सबैप्रति आभार एवं धन्यवाद व्यक्त गर्दछौं ।’

सांस्कृतिक कार्यक्रमसहित विभिन्न विद्यामा प्रतियोगिता पनि राखिएको थियो । महोत्सव समापनको अवसरसँगै विजेता समूहलाई पुरस्कृत गरिएको छ ।

नौमती बाजा प्रतियोगितामा पहिलो हुने सगरमाथा नौमती बाजाले ३३ हजार ३ सय ३३ रुपैयाँ, दोस्रो सिन्धुली कलाघरले २२ हजार २ सय २२ रुपैयाँ, तेस्रो चापाकोट नौमति बाजाले ११ हजार १ सय ११ रुपैयाँ र सान्त्वना सेदी बगर पञ्चेबाजाले ५ हजार ५ सय ५५ रूपैयाँ पाएका छन् ।

खुल्ला भजन तर्फ पहिलो पञ्चासे भजन समूहले ३३ हजार ३ सय ३३ रुपैयाँ, दोस्रो ओखलढुङ्गा भजन समूहले २२ हजार २ सय २२ रुपैयाँ, तेस्रो घडेरी भजन समूहले ११ हजार १ सय ११ रुपैयाँ र सान्त्वना औसलु चौर भजन समूहले ५ हजार ५ सय ५५ रूपैयाँ पाएका छन् ।

महोत्सवमा रत्यौली प्रतियोगिता पनि गरिएको थियो । जसमा पहिलो शिवशक्ति आमा समूहले ३३ हजार ३ सय ३३ रुपैयाँ, दोस्रो शहनशील आमा समूह बाम्दीले २२ हजार २ सय २२ रुपैया, तेस्रो सिद्व बराहा मावि शिक्षिका समूहले ११ हजार १ सय ११ रुपैयाँ, सान्त्वना लौरुक आमा समूह र लालिगुराँस आमा समूहले ५ हजार ५ सय ५५ रूपैयाँ पाएका छन् ।

बाल नृत्य एकल र सामूहिक तर्फ पहिलो आरऐन सन्जेलको समूहले २ हजार ५ सय, दोस्रो आयुस्मा सुनारले २ हजार, तेस्रो सनराईजिङ बोर्डीङ स्कूलले १ हजार ५ सय, सान्त्वना रश्मि परियार र मुस्कान गुरुङले १ हजार पाएका छन् ।

झाँकी तर्फ पहिलो हर्पन खोला तमु समाजले ५ हजार, दोस्रो राम मन्दिर आमा समूहले ३ हजार, तेस्रो मारकी टोल गुरुङ समूहले २ हजार र सान्त्वना मैदान पोखरी आमा समूहले १ हजार रुपैयाँ जितेको छन् ।

समापन कार्यक्रमममा बोल्दै राष्ट्रिय सभा सदस्य डाक्टर खिमलाल देवकोटाले विकास आफ्नो प्राथमिकता भएको बताउनुभयो ।

गण्डकी प्रदेश सरकार विकास समिति उपाध्यक्ष गिरदी शर्मा पौडेलले होमस्टे गरिबी निवारण र आयआर्जनको माध्यम भएको उल्लेख गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives