पोखरा, २८ माघ । लायन्स क्लब्स् अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के को पहिलो वार्षिक डिष्ट्रिक कन्भेन्सन आगामी चैत ४ गते पर्यटकीय नगरी पोखरामा हुने भएको छ ।
कन्भेन्सनको तयारीस्वरुप आज पोखराको न्युरोडमा सचिवालय स्थापना गरिएको छ । सचिवालयको उद्घाटन गर्दै डिष्ट्रिक्ट गर्भनर लायन राजेन्द्रकुमार वाटाजुले कन्भेन्सनमा काठमाडौ, पोखरा र धौलागिरी क्षेत्रका एक हजार ५०० भन्दा बढी लायन्सको सहभागिता रहने जानकारी दिनुभयो ।
पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दिपक श्रेष्ठले कन्भेन्सनमा सक्रिय सहभागिताका लागी अनुरोध गर्नुभयो ।
कन्भेन्सनका लागि डिस्ट्रिक्टले समन्वय गरिरहेको बताउँदै डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी मिनराज काफ्लेले यसलाई भव्य रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमले देशभरका लायन्सबीच फेलोशीप बढाउने बताउँदै डिष्ट्रिक्ट क्याविनेट ट्रेजरर मदनकुमार मुल्मीले यसबाट पोखका क्षेत्रकै पर्यटन प्रवद्र्र्धनमा समेत थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कन्भेन्सनमा डिस्ट्रिक्ट ३२५ के नेपालले हालसम्म गरेका कार्यहरूको जानकारी गराउने र भावी नेतृत्व चयन गरिने जनाइएको छ ।
कन्भेन्सनलाई भव्य र सभ्य बनाउन पोखराका सात वटा लायन्स क्लबहरू संगम, आगन, भैरव, समृदी, माउन्टेन भ्यु सिटी, ग्यालेक्सी र डाईनामिक आयोजक भएर विभिन्न उपसमिति वनाई तयारीमा जुटिरहेको कन्भेन्सनका कन्भेनर टिकाराम सापकोटाले जानकारी दिनुभयो ।
को कन्भेनर श्यामकृष्ण श्रेष्ठले कन्भेन्सन सफल बन्ने विश्वास व्यक्त गर्नुभयो ।
लायनवर्ष २०२२ –२०२३ मा डिस्ट्रिक्ट ३२५ के नेपालले सर्भिस फेलोशीप र लिडरशीपका विभिन्न कार्यक्रम सञ्चालन गर्दै लायन सदस्यहरूलाइ क्रियाशिल बनाएर नेपालका अन्य डिस्ट्रिक्टको तुलनामा अग्रणी र सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा सोँथर बेँसी टारी बजार मेला शुरु, गोरु जुधाइँ प्रतियोगितामा पदमबहादुरको गोरु प्रथम
पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतिमा झुमे पोखरेली
पोखरा महोत्सवमा दर्शकको भीड
एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको १६ र १७ गते काठमाण्डौमा
पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता शुरु