पोखरा, २७ माघ । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गरी चलाइएका ५० वटा मोटरसाईकल निणन्त्रण लिएर चालकलाई कारवाही गरेको छ ।
स्वरुप परिवर्तन र ध्वनी प्रदुषण गर्ने गरी तिव्र गतिमा चलाइएका मोटरसाईकल नियन्त्रणमा लिएर चालकलाई कारवाही गरिएको हो ।
मोटरसाईकलको स्वरुप परिवर्तन गरी शान्ति सुरक्षानै भङ्ग गराउने गरी आवाज निकाल्ने जनगुनासो आएपछि प्रहरीले २५ गते देखि त्यस्ता मोटरसाईकल नियन्त्रण लिने अभियान नै शुरु गरेको थियो ।
यसरी नियन्त्रणमा लिइएका मोटरसाईकलहरुलाई पहिलेकै स्वरुपमा परिवर्तन गर्न लगाइएको छ । त्यस्ता चालकलाई १ हजारदेखि देखी ५ हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको भएपनि सवारी चालकलाई सवारी नियम सम्वन्धी कक्षा सञ्चालन गर्ने तयारी गरिएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिमा पौडेल
विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो
महिला दिवसमा पोखरा महागनरले विविध कार्यक्रम गर्ने
फेवातालमा डुङ्गा पल्टियो, एकको मृत्यु, पाँचको उद्वार
पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर परीक्षा प्रणालीबाट स्नातकोत्तर तहको प्रवेश परीक्षा