प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई मणिपाल अस्पतालमा छुट

राष्ट्र न्यूज सम्वाददाता
माघ २५, २०७९
Mou With Prativa (2)

पोखरा,२५ माघ । पोखराको प्रतिभा मावि र मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य परीक्षण गराउँदा छुट दिनेबारे सम्झौता भएको छ ।

सम्झौता अनुसार अस्पतालले प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई स्वास्थ्य परीक्षण गराउँदा विभिन्न क्षेत्रमा छुट दिनेछ ।

प्रतिभाका प्रिन्सिपल किरण सापकोटाका अनुसार दर्तामा सतप्रशित, जनरल बेडमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत, न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेक अन्य शल्य चिकित्सामा १० प्रतिशत, विशेष अनुसन्धानमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । चिकित्सकको परामर्शमा भने कुनै शुल्क नलाग्ने पनि सम्झौतमा उल्लेख छ ।

विद्यालयका प्राचार्य सापकोटा र अस्पतालका प्रमुख प्रशासकीय अधिकृत (सिइओ) अनिल ओडूविलबीच बुधबार यो सहमति भएको हो ।

सापकोटाले सम्झौताले विद्यालयका मन्टेश्वरीदेखि १२ कक्षासम्मका विद्यार्थी, शिक्षक, कर्मचारीलाई स्वास्थ्य सेवामा लाभ पुग्ने बताउनुभयो ।

‘विद्यालयले प्रमाणित गरेर पठाएपछि अस्पतालले सम्झौता बमोजिम तोकिएको छुट उपलब्ध गराउनेछ । त्यसले विद्यार्थी, शिक्षक र कर्मचारीलाई केही राहत हुनेछ,’ उहाँले भन्नुभयो, ‘यो सम्झौताले स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी बनाउन सघाउनेछ ।’

विद्यालयमा मन्टेश्वरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै