पोखरा, २५ माघ । गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्दिराज गुरुङले पोखरा भित्र कार्यरत ट्राफिक प्रहरी सँग अन्तरक्रिया गर्नुभएको छ ।
शहरी क्षेत्रहरुमा दिनहु बढ्दै गईरहेको सवारी चाप र अपर्याप्त जनशक्तिका बाबजुद सडक र सवारी व्यवस्थापनमा परेका समस्या र समाधानका लागि अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी नायव महानिरीक्षक गुरुङले निरन्तर जनसम्पर्कमा रहने ट्राफिक प्रहरीले कार्यसम्पादनमा उच्च व्यवसायिकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।
प्रहरी आचरण उल्लंघन गरी गरिने कुनैपनि गतिविधिहरु आफुबाट क्षम्य नहुने उहाँको भनाइ थियो । त्यस अवसरमा उहाँले त्रुटिहरु नदोहोरीने गरी काम गर्न पनि निर्देशन दिनुभयो ।
Related News
सम्बन्धित समाचार
सुजुकीका “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक
राष्ट्रपतिमा पौडेल
विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो
महिला दिवसमा पोखरा महागनरले विविध कार्यक्रम गर्ने
फेवातालमा डुङ्गा पल्टियो, एकको मृत्यु, पाँचको उद्वार