पोखरा, २१ माघ । नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्की जिल्ला कार्यसमितिको नवौं अधिवेशनले याम बहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा कृष्णप्रसाद वराल, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नवीन भण्डारी, र सदस्यमा शंकर भण्डारी, देवी लामिछाने, मुना जिसी, निलम लम्साल, सुनिता कार्की, गणेश आले, मञ्जु आले, अध्यक्षबाट मनोनित दुई सदस्यहरु कुलबहादुर तामाङ र गोपिनाथ पोखरेल रहनु भएको छ ।
अधिवेशनको उद्घाटनज गर्दै नेपाल ट्रेड युनियन गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले श्रमिकको हकहितको लागि वर्तमान सरकार गम्भिर नभएको हुँदा सबै श्रमिक एकजुट हुनपर्ने बताउनुभयो ।
नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय समिति सदस्य ओमकार गिरीले वित्तिय क्षेत्रका कर्मचारीहरुको हकहितको लागि राष्ट्रिय समितिले विविध कार्य गर्दै आएको उल्लेख गर्नुभयो ।
संस्थाका अध्यक्ष ज्ञाज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सूर्यरमण पराजुलीले स्वागत र र सचिव यामबहादुर रानाभाटले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई