संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने

राष्ट्र न्यूज सम्वाददाता
माघ ९, २०७९
image (1)

पोखरा, ९ माघ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ ।

सोमबार कार्यबहाक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको  महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक वर्ष पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ ।

महासंघ गण्डकीले ५ लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी ५ लाख रुपैयाँ प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकहरुसंग समन्वय गरेर जुटाउने छ ।

उक्त कोषबाट ‘त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ हरेक वर्ष प्रदेश भरका पत्रकार मध्यबाट एक पत्रकारलाई (पछि कार्यविधि तय भए अनुसार) प्रदान गरिनेछ ।

 पत्रकार महासंघ गण्डकीले सोमबार नै स्वर्गीय पत्रकार पौडेलको निवासमा पुगेर श्रद्धाञ्जलीसभा गरेको छ ।

यही माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा त्यसमा सवार ७२ जना सहित पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष ३७ वर्षीय पौडेलको पनि निधन भएको हो ।

स्वर्गीय पौडेल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकीको सल्लाहकार हुनुहुन्थ्यो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives