पोखरा, ७ माघ । पोखरा इन्जिनियरिङ्ग कलेजको स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचनमा निर्वाचित नेपाल विद्यार्थी संघको प्यानललाई पोखरामा शनिवार सम्मान गरिएको छ।
नेपाली काँग्रेस कास्कीले कार्यक्रम गरी निर्वाचितहरुलाई सम्मान गरेको हो । नेपाल विद्यार्थी संघको तर्फबाट परिषद्को अध्यक्षमा विराट सिग्देल, सचिवमा मिलन डुम्रे, कोषाध्यक्षमा कृति वाग्ले, सदस्यमा सुवास चन्द्र पण्डित, अनिष गिरी, सोवित कार्की र भूमिका छुमी निर्वाचित हुनुभएको थियो ।
नेपाली काँग्रेसका नेता यज्ञ बहादुर थापा र कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले निर्वाचितहरुलाई सम्मान गर्नुभएको थियो । त्यस अवसरमा कलेजमा नेपाल विद्यार्थी संघको विकास र विस्तारमा योगदान पु¥याउने पूर्व इकाइ सभापतिहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा नेता यज्ञ बहादुर थापाले नेपाल विद्यार्थी संघ शशक्त शक्ति भएको बताउनुभयो ।
कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले विद्यार्थीका लागि पार्टी सदैव साथमा रहने उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले विद्यार्थी सिर्जनाको बाहक भएको बताउनुभयो ।
निर्वाचित सभापति विराट सिग्देलले विद्यार्थीका सेवा गर्नु नै आफ्नो कर्तव्य भएको बताउनुभयो ।
कार्यक्रम नेपाली काँग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
आलु महोत्सव भोली सकिदै
कृषिको उत्सव आलु महोत्सव
महोत्सवमा १७ लाख बढीको आलु कारोवार
हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता