पोखरा, ३ माघ । पोखराको अमरसिंहचौरमा जारी पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुले निःशुल्क स्वास्थ्य जांचको समेत सेवा लिन पाउने भएका छन् ।
महोत्सवमा आउने दर्शकहरुलाई लक्षित गरी आयोजक युनाइटेड क्लबले लाइफ केयर डाइनोष्टिक सेन्टर न्युरोड, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा र नरहरी पोलिक्लिनीक रामबजारको सहयोगमा निःशुल्क रुपमा सुगर र प्रेसरको चेकजांचको ब्यवस्था मिलाएको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयो ।
प्रेसर र सुगरसंगै महोत्सवमा आउने दर्शकहरुले तीन वटै स्वास्थ्य संस्थाबाट अन्य चेकजांचमा ५० प्रतिशत छुट पाउने महोत्सवका प्राथमिक उपचार संयोजक नरहरि पनेरुले जानकारी दिनुभयो । महोत्सवको सातौ दिनमात्रै दुई सय जनाले सुगरको निःशुल्क परिक्षण गरेका छन् । महोत्सवमा प्रत्येक दिन सुगर र प्रेसरको निःशुल्क परिक्षण गराइएको छ ।
महोत्सवको सातौ दिन सम्म आइपुग्दा साढे तीन करोडको कारोवार भएको र असी हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाले जानकारी दिनुभयो ।
महोत्सवमा विशेष गरी जाडो यामका सामाग्री, घरायसी प्रायोजनको सामाग्री, विद्युतीय प्रयोजनका सामाग्री संगै तरकारीजन्य सामाग्रीहरुको बिक्री वितरण भएको छ ।
महोत्सवमा दैनिक लोकदोहोरी प्रस्तुती भैरहेको र महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता पनि जारी रहेको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
विश्व सिमसार दिवसको अवसरमा फेवा किनारमा संरक्षण फोटो प्रदर्शनी
एकतावद्ध भएमा बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ – सभापति देउवा
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम