शव कुर्दै आफन्त

राष्ट्र न्यूज सम्वाददाता
माघ २, २०७९
Hospital

पोखरा, २ माघ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) परिसर विगत दुई दिन देखि शोकमा डुबेको छ।

पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका मृतकका परिवार, आफन्त र शुभेच्छुको शोकाकुलका कारण अस्पताल परिसर शोकमा डुबेको छ ।

आइतबार र सोमबार दिनभर नै अस्पताल परिषर शोकमा डुब्यो । अस्पताल परिसरमा मृतकका परिवार, आफन्त र शुभेच्छुकको बाक्लो घुुइँचोसँगै रुवाबासी, साइरनसँगै कुदिरहेका एम्बुलेन्स, सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ ।

अस्पतालको शवगृहमा ६९ जनाको शव राखिएको छ । शव पोष्टमार्टमका लागि आवश्यक तयारी पूरा गरी पोष्टमार्टम शुरु भएको छ ।
शवको पहिचान र परिक्षणका लागि गठित टोलीले आवश्यक प्रक्रिया पूरा गरी सम्वन्धित परिवारलाई बुझाइने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शव काठमाण्डौंस्थित शिक्षण अस्पतालमा लगिने भएको छ।
जसमध्य २४ जनाको शव पोखरामा पोष्टमार्टम हुने अवस्था रहेको र बाँकी शव काठमाण्डौं पठाउन पर्ने अवस्थामा रहेको बताइएको छ। पोष्टमार्टम कार्य ढिला भएकाले भोली मात्र शव परिवारको जिम्मा लगाइने भएको छ ।

उता अझै पनि बेपत्ता तीन जनाको खोजी कार्य जारी रहेको छ । खोजीका लागि गोताखोर टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

आइतबार जहाज दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाण्डौबाट पोखरा आएको यती ९एन एएनसी एटीआर ७२ जहाज दुर्घटना भएको हो । पोखराको नयाँ गाउँस्थित सेती नदी खोँचमा दुर्घटना भएको हो ।

जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । जहाजमा ५३ जना नेपाली सवार थिए । जहाजमा पाँच जना भारतीय, चार जना रशियन, एक जना आयरल्याण्ड, एक जना अर्जेन्टिनी, एक जना अष्टेलियन, दुई जना कोरियन र एक जना फान्सेलीले यात्रा गरेका थिए ।
६८ मध्य महिला २५ जना, पुरुष ३७ जना, बालक तीन जना र शिशु तीन जना थिए ।

आइतबार बिहान १०ः३२ बजे पोखराका लागि जहाज उडेको हो । पोखरा विमानस्थलको टावरसँग अन्तिम पटक १०ः५० बजे सेती खोँच भन्ने स्थानबाट सम्पर्कमा आएको सो जहाज त्यस लगत्तै दुर्घटनामा परेको थियो ।

दुर्घटना लगत्तै उद्वार कार्य शुरु गरिएको थियो । स्थानीय, प्रहरी, नेपाली सेना उद्वारमा खटिएका थिए भने हेलिकप्टर परिचालन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives