जहाज दुर्घटनामा बेपत्ताको खोजी गरिदै

राष्ट्र न्यूज सम्वाददाता
माघ २, २०७९
Accident 3

पोखरा, २ माघ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका चार जना अझै बेपत्ता छन् ।

आज बिहानैदेखि बेपत्ताको खोजी कार्य शुरु गरिएको छ । खोजीका लागि गोताखोर टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । आइतबार जहाज दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

काठमाण्डौबाट पोखरा आएको यती ९एन एएनसी एटीआर ७२ जहाज दुर्घटना भएको हो । पोखराको नयाँ गाउँस्थित सेती नदी खोँचमा दुर्घटना भएको हो ।

जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । जहाजमा ५३ जना नेपाली सवार थिए । जहाजमा पाँच जना भारतीय, चार जना रशियन, एक जना आयरल्याण्ड, एक जना अर्जेन्टिनी, एक जना अष्टेलियन, दुई जना कोरियन र एक जना फान्सेलीले यात्रा गरिरहेका थिए ।
६८ मध्य महिला २५ जना, पुरुष ३७ जना, बालक तीन जना र शिशु तीन जना थिए ।

बिहान १०ः३२ बजे पोखराका लागि जहाज उडेको हो । पोखरा विमानस्थलको टावरसँग अन्तिम पटक १०ः५० बजे सेती खोँच भन्ने स्थानबाट सम्पर्कमा आएको सो जहाज त्यस लगत्तै दुर्घटनामा परेको थियो ।

दुर्घटना लगत्तै उद्वार कार्य शुरु गरिएको थियो । स्थानीय, प्रहरी, नेपाली सेना उद्वारमा खटिएका थिए भने हेलिकप्टर परिचालन गरिएको थियो ।

उद्वारपछि मृतकको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएकोमा शनाखत भएकाको शव आज परिवारको जिम्मा लगाइने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । विदेशी यात्रुको शव भने काठमाण्डौ लगेर परिवारको जिम्मा लगाइने भएको छ ।

यसैबीच, आइतबार बसेको मन्त्रिपरिषद् बैंठकले आज सोमबार शोक बिदा दिने निर्णय गर्दै राष्ट्रिय झण्डा आधा झुुकाउने निर्णय गरेको छ ।

                                                                                                                                                         तस्विर सौजन्य ः गणेश श्रेष्ठ÷पोखरा

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै