यतीको जहाज दुर्घटना, उद्वार जारी

राष्ट्र न्यूज सम्वाददाता
माघ १, २०७९
2

पोखरा, १ माघ । पोखरामा आज यती एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

काठमाण्डौबाट पोखरा आएको यती ९एन एएनसी एटीआर ७२ जहाज दुर्घटना भएको हो ।

पोखराको नयाँ गाउँस्थित सेती नदी खोँचमा दुर्घटना भएको हो । जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य भएको बताइएको छ । अहिले उद्वार कार्य जारी रहेको छ ।

स्थानीय, प्रहरी, नेपाली सेना उद्वारमा खटिएका छन् । घटनाका पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।

Related News

सम्बन्धित समाचार

Archives

Archives