क्रिकेट खेलाडी लामिछाने कारागारबाट छुट्ने

राष्ट्र न्यूज सम्वाददाता
पौष २८, २०७९

पोखरा, २८ पुस । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

२० लाख धरौटीमा रिहा गर्न आदालतले आदेश दिएको हो । आदेशसँगै लामिछाने शुक्रबार कारगारबाट छुट्ने बताइएको छ ।

लामिछानेको मुद्वा जिल्ला आदालत काठमाण्डौंमा विचाराधिन अवस्थामा रहनेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेलाई बलात्कारको अभियोगमा पक्राउ गरी कारागार राखिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives