पोखरा,२७ पुस । लायन्स क्लब अफ पोखरा लेकसिटी तथा दृष्टिविहीन कल्याण संघ कास्कीको संयुक्त आयोजनामा पर्वत जिल्ला कुश्मा नगरपालिकाको शिवालय माविमा आँखा जाँच शिविर सम्पन्न गरिएको छ ।
हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा भएको शिविरमा दुई सय २० जनाको आँखा परीक्षण गरिएको लायन्स क्लब अफ लेकसिटी एवं कार्यक्रमका अध्यक्ष कैलाशदेव पालिखेले जानकारी दिनुभयो । तीमध्ये २१ जनाको विशेष उपचार र ६७ जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
कार्यक्रममा लायन्स क्लब इण्टनेशनल ३२५ के नेपालका साइट फस्र्ट चिफ टोप बहादुर थापाले आँखा परीक्षण शिविर आयोजना गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो ।
कार्यक्रममा शिवालय मावि व्यवस्थापन समिति अध्यक्ष इश्वर गिरी, हिमालयन आँखा अस्पतालका दृष्टिरोग विशेषज्ञ डाक्टर नवीन बराल, नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीका सदस्य नारायण शर्माले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?