पोखरा, २६ पुस । एघारौं पोखरा महोत्सवको प्रचारप्रसार गर्दै पूर्वसन्ध्यामा पोखरामा कार ¥याली निकालिएको छ ।
पुस २७ देखी माघ ९ गतेसम्म पोखराको अमरसिंहचौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको पूर्वसन्ध्यामा आयोजक युनाइटेड क्लबले कार ¥याली निकालेको हो ।
महोत्सव स्थल अमरसिंहचौरबाट सुरु भएको कार ¥यालीको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक किरण रावतले उद्घाटन गर्नुभएको थियो ।
¥याली अमरसिंहचोक, बुद्धचोक, पृथ्वीचोक, सृजनाचोक, रत्नचोक, राष्ट्रबैंक चोक, बैदाम, बाराहीचोक, हल्लनचोक, जिरो किमी, मालेपाटन हुदै बाग्लुङ बसपार्क, भिमसेनटोल, महेन्द्रपुल, रानीपौवा, भद्रकाली, मियापाटन हँुदै महोत्सवस्थलमा पुगेर टुंगिएको थियो । कार ¥यालीमा दुइ दर्जन बढी कारको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता
आलुको पहाडसँगै तस्विर खिच्नेको भीड
संगीतमय बन्यो आलु महोत्सव
संगीतमय बन्यो आलु महोत्सव
हेमजामा आलु महोत्सव सुरु