सल्लाह र सुझाव लिदै पोखरा २८

राष्ट्र न्यूज सम्वाददाता
पौष २४, २०७९
322336366_550489360313030_2745940170274250662_n

पोखरा, २४ पुस । पोखरा महानगरपालिका २८ ले वडाको समग्र विकासको योजना निर्माणको लागि वडाका विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझावहरु लिएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका निवर्तमान मेयर मान बहादुर जिसीले ऋषि तथा तपोभुमि रहेको यस ठाँउको विकास निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीले पोखरा २८ को विकासको लागि कुनै दल,पार्टी नभनिकन वडालाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिका २८ का निर्वतमान वडा अध्यक्ष निर्मल दियाली, बुद्धीजिवी तथा महानगरपालिकाका सल्लाहकार हरि प्रसाद त्रिपाठी, डा. शान्ता कुमारी खत्री पौडेलले जननताको आवश्यकता सम्बोधनलाई पहिलो प्राथमिकता दिएर अघि बढ्नुपर्ने औल्याउनुभयो ।

पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले पाँच वर्षको लाागि मात्र नभएर कम्तीमा १५ वर्षसम्मको कार्य योजना बनाएर काम गर्न चाहेको बताउनुभयो ।

माधव ढकालले संचालन गर्नुभएको कार्यक्रममा वडा सदस्य डाल्लादेवी भुजेलले स्वागत मन्तव्य तथा भूमी विज्ञ ऋषिराम लामिछाने, भुगोलविद् नरेश पौडेल,डा.निर्मल लामिछाने, सूर्य भण्डारी, बैन बहादुर गुरुङ, सूर्य तिवारी, शुक्रराज अधिकारी,शकंर पौडेल, मोहन गुरुङले विभिन्न सल्लाह र सुझाव दिनुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग