सात बुँदे माग सहितको पोखरा घोषणा पत्र जारी

राष्ट्र न्यूज सम्वाददाता
पौष २३, २०७९

पोखरा, २३ पुस । पोखरामा सम्पन्न जिल्ला समन्वय समिति महासंघ नेपालको चौथो राष्ट्रिय परिषद् बैंठकले सात बँुदे मागसहितको पोखरा घोषणा पत्र जारी गरेको छ ।

बैंठकले जिल्ला सभा व्यवस्थापन र समन्वय समिति संचालन ऐन तत्काल जारी गर्न माग गरेको छ । अविलम्ब ७ वटै प्रदेशबाट जिल्ला समन्वय समिति संचालन ऐन तत्काल जारी गर्न, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखलाई राष्ट्रिय सभाका सभासद् निर्वाचनमा मतदान गर्न पाउने अधिकार दिन, जिल्ला सभा कोष संचालन कार्यविधि बनाएर जिल्ला सभालाई खर्च गर्न पाउने अधिकार दिन माग गरेको छ ।

त्यस्तै, नेपाल सरकारले जारी गरेको समन्वय ऐन कार्यन्वयनका लागि अविलम्ब नियमावली जारी गरि जिससको समन्वयलाई प्रभावकारी बनाउन, नेपाल सरकारको अनुगमन र मूल्यांकन ऐनमा जिससको प्रष्ट भूमिका तोक्न र जिल्लास्तरका विकास, समन्वय, सहजिकरण सम्वन्धि निर्देशन सहयोग समिति, व्यवस्थापन समिति जस्ता समिति जिससको अध्यक्षता संयोजनमा रहने व्यवस्था गर्न माग गरेको छ ।

परिषद् बैंठक पुस २२ र २३ गते पोखरामा संचालनमा भएको हो । ७७ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख ,उप प्रमुख सहित एक महिला सदस्य गरी करिब तीन सय जनाको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • आलु महोत्सव भोली सकिदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८२
    पोखरा, २ वैशाख । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी…
  • कृषिको उत्सव आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत । आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ । यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु…
  • महोत्सवमा १७ लाख बढीको आलु कारोवार

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत ।१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । शुुक्रबारसम्म…
  • हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८१
    पोखरा, २८ चैत । १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।…
  • आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८१
    पोखरा, २७ चैत। १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक…