पृथ्वीनारायण क्याम्पसको अनुमती बिना सेती नदी माथि पुल निर्माण थालेपछि विरोध

राष्ट्र न्यूज सम्वाददाता
पौष २२, २०७९
IMG-da7e007ccc9cca9993875acdc5efe7bf-V

पोखरा, २२ पुस। पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट क्याम्पसको स्वीकृती बिना सेती नदीमाथि पुल निर्माण गर्ने कार्य सुरु हुन थालेपछि क्याम्पसका विद्यार्थी एवं प्राध्यापक आन्दोलित भएका छन् भने क्याम्पस प्रशासनले विरोध गरेको छ ।

क्याम्पसले भोगचलन गर्दै आएको कि. नं. ८३३ को झन्डै २२३ रोपनी जग्गामा सो विवाद देखिएको हो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टरले पोखरा वडा नं १ र ११ नं जोड्न निर्माण हुन थालेको सो पुलको लागि निर्माणस्थल सम्म सामग्री पुर्याउन बाटो मागेपछि सो कुरा बाहिर आएको हो ।

यसैबारेमा पृथ्वीनारायण क्याम्पस, पोखराले पत्रकार सम्मेलन गरी पुल निर्माण कार्य बन्द गर्न र क्याम्पसको हित विपरित काम नगर्न चुनौती दिएको छ ।

क्याम्पस प्रमुख सरोज कोइरालाले भन्नुभयो, सो जग्गा क्याम्पसको भोगचलनमा रहेको र दर्ता प्रकृयामा समेत अगाडी बढेकाले क्याम्पसकै हो । हामी बिकास विरोधी होइनौ, पुल बनाउने हो भने क्याम्पसकै दर्ताभित्रको जग्गाबाट पुल निर्माणका लागि सहमति दिन सकिन्छ ।’

Related News

सम्बन्धित समाचार

Archives

Archives