प्रतिभामा ‘फूड फेस्टिभल’

राष्ट्र न्यूज सम्वाददाता
पौष १७, २०७९
Prativa Food Festival (7)

पोखरा,१७ पुस। पोखरामा यतिबेला धेरै महोत्सव चलिरहेका छन् । औद्योगिक ब्यापार मेलादेखि सुन्तला महोत्सव हूँदै सडक महोत्सव यहाँ मेलाको रुपमा चल्ने नियमित गतिविधि हुन । यिनै महोत्सवमा मिसिन आएको छ ‘प्रतिभा फूड फेस्टिभल’ । अरु सबै महोत्सव खुला रुपमा चलिरहँदा प्रतिभा फूड फेस्टिभल भने विद्यालय परिसरमा संचालन गरिएको छ ।

पोखराको पालिखेचोकस्थित प्रतिभा माविले विद्यार्थीको क्षमता प्रस्तुत गराउने उद्देश्य सहित पहिलो पटक ‘प्रतिभा फूड फेस्टिभल’ आयोजना गरेको हो । आइतबार एकदिनका लागि आयोजना गरिएको यो फेस्टिभलको हिमान कास्कीका अध्यक्ष यामबहादुर रोकाले उद्घाटन गर्नुभयो ।

विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार पहिलो पटक फूड फेस्टिभल आयोजना गरिएको हो । कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीले व्यवस्थापनमा फूड फेस्टिभल आयोजना गरिएको थियो ।

विद्यालय अध्यक्ष नारायण पौडेलले विद्यार्थीमा भएको क्षमता बाहिर ल्याउन यस्ता कार्यक्रम नियमित रुपमा गर्नुपर्ने बताउनुभयो ।

प्रमुख अतिथि हिसान कास्की अध्यक्ष रोकाले विद्यार्थीलाई व्यवहारिक शिक्षाको खाँचो रहेको बेला यस्ता प्रयोगात्मक अभ्यास निकै नै प्रभावकारी हुने बताउनुभयो ।

कक्षा ११ र १२ का विद्यार्थीले त्यो अवसरमा विभिन्न परिकार बनाएका थिए । विद्यार्थी आफैले पाएको परिकार पाहुनाको रुपमा रहेका अरु सहभागिलाई खुवाउन पाउँदा विद्यार्थी दंग थिए । फूड फेस्टिबलमा खानाका साथै विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि विद्यार्थीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives