पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

राष्ट्र न्यूज सम्वाददाता
पौष १७, २०७९
PM

पोखरा, १७ पुस। पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भव्य समारोह बीच विमानस्थल उद्घाटन गर्नुभएको हो। विमानस्थल उद्घाटन समारोहलाई पोखरेलीहरुले ठूलो पर्वका रुपमा लिएका थिए।

उद्घाटन सामारोहमा सहभागिताका लागि ठूलो मानवसागर विमानस्थल पुगेको थियो । विमानस्थल उद्घाटन अघि बाजागाज र भाँकी सहितको र्याली निकालिएको थियो।

विमानस्थल उद्घाटनसँगै अब आन्तरिक हवाई कम्पनिले अन्तर्राष्ट्रिय विमानस्थलबाटै स्वदेशभित्र विभिन्न स्थानहरुमा उडान भर्ने बताइएको छ।

विमानस्थल निर्माणका लागि वि.स ३०३१ सालमा ३१ सय रोपनी जग्गा अधिग्रहण गरिएपनि अपुग जग्गा थप गरेर करिब ३९ सय रोपनी क्षेत्रफलमा विमानस्थल तयार भएको छ। विमानस्थल निर्माणका लागि करिब २२ अर्व रुपैयाँ लगानी गरिएको थियो।

Related News

सम्बन्धित समाचार

Archives

Archives