पहिचानका लागि संस्कार र संस्कृति अपरिहार्य – गुरुङ

राष्ट्र न्यूज सम्वाददाता
पौष १६, २०७९
losar 1

पोखरा,१६पुस । गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले जातीय पहिचानका लागि संस्कार र संस्कृति अपरिहार्य बताउनु भएको छ।

लम्तरी युवा क्लव मादी १० भाचोकले आयोजना गरेको १३ औं ल्होसार मेला र ल्होसारको अवसरमा पोखरामा आयोजित विभिन्न कार्यक्रममा बोल्दै सभासद गुरुङले पहिचान र जातीय अस्तित्वका लागि संस्कार र संस्कृति संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

उहाँले युवाले खेलकुदका साथै समाज र आफ्नो क्षेत्र विकासमा पनि अग्रसरता देखाउनुपर्ने औल्याउनुभयो।

प्रदेशसभा सदस्यको सपथ लिएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा पुग्नु भएकी गुरुङले भाचोकको विकासका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले विविधताले भरिएको मुलुकमा गुरुङ जातिको आफ्नै पहिचान भएको बताउनुभयो।

वडा नं १० भाचोकका वडाध्यक्ष कृष्णबहादुर गुरुङले भाचोकको विकासका लागि वडाध्यक्षको हैसियतले आफूले गम्भीरताका साथ काम गरिरहेको बताउनुभयो।

नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं १० का इकाइ सभापति लोकप्रसाद गुरुङले भाचोकको पूर्वाधार विकासका लागि जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सबै गम्भीर बन्नुपर्ने बताउनुभयो।

लम्तरी युवा क्लवका अध्यक्ष दिर्घ गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवा मिलन आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर सुवेदी, आश बहादुर गुङलगायतले आ आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रम संचालन समाजसेवी एवम् पूर्वशिक्षक रुकबहादुर गुरुङले गर्नुभएको थियो।

Related News

सम्बन्धित समाचार

Archives

Archives