पोखरा,१३पुस। नेपाली काँग्रेस कास्कीका नेता विष्णु प्रसाद बास्तोलाको ६४ वर्षको उमेरमा निधन भएको छ ।
पोखरा ९ नयाँबजार निवासी बास्तोलाको बुधबार बिहान करिब चार बजे निधन भएको हो । उहाँ केही समय यता मृगौला सम्वन्धी समस्यामा हुनुहुन्थ्यो।
उहाँको पार्थिव शरिर आज नै दाहसंस्कार गरिनेछ। बुधबार बिहान १० बजे पोखरा ९ स्थित निवासबाट शवयात्रा शुरु हुने र तुल्सिघाटमा दाहसंस्कार गरिने नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ९ का इकाइ सभापति शिवराज बास्तोलाले जानकारी दिनुभयो।
बास्तोलाका एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।
उहाँ नेपाली काँग्रेस कास्कीको पूर्व उपसभापति, पोखरा उपत्यका नगर विकास समितिको पूर्व अध्यक्ष, तत्कालिन पोखरा उपमहानगरपालिका वडा न ं ९ को पूर्व वडा अध्यक्ष हुनुहुन्थ्यो।
शिक्षा क्षेत्रमा पनि उहाँको संलग्नता रहेको थियो। उहाँले पोखरा बहुमुखी क्याम्पस संचालक समितिको पूर्व अध्यक्ष, महेन्द्र मावि र नवप्रभात मावि व्यवस्थापन समितिको पूर्व अध्यक्ष हुनुहुन्छ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान
नागीधार महोत्सव सकियो
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि