पोखरा महोत्सवको तयारी तीव्र

राष्ट्र न्यूज सम्वाददाता
पौष ६, २०७९
Photo Pokhara

पोखरा ६ पुस ।  ११ औं पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ ।

क्लबले बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जनाएको हो । महोत्सव आगामी पुषको २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंहचौरमा हुँदैछ ।

क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

‘सबैको सहयोगका कारण महोत्सव सफल हुँदै आएको छ, क्लबका अध्यक्ष राजु श्रेष्ठले भन्नुभयो – यसपटक पनि विगतमा जस्तै साथ र सहयोगको आशा गरेका छौं।’

महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन् । महोत्सवमा झण्डै २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives