मोक्षदा एकादशी : गीता जयन्ती मनाइँदै

रासस
मंसिर १८, २०७९

काठमाडौँ, १८ मङ्सिर (रासस) :वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ ।

वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो ।

पाँच हजार एक सय ३० वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रूपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रहिआएको छ ।

भगवान्ले नै अर्जुनमार्फत हामीलाई गीताको ज्ञान दिनुभएको हो । कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

“त्यसबेला कौरवका ११ अक्षयोनी सेना थिए, पाण्डवका सात अक्षयोनी सेना, भगवान् कृष्ण पाण्डवका पक्षमा हुनुहुन्थ्यो, अर्जुनको सारथीका रूपमा, कौरवका पक्षमा हजुरबा भीष्मपितामह नै सेनापति देखेपछि अर्जुनले युद्ध गर्ने विषयमा शङ्का गरे, विश्वस्त बनाउन उपदेशका रूपमा गीता सुनाइएको हो”, उहाँले भन्नुभयो ।

चार वेदका एक हजार एक सय ३१ शाखामध्ये हाल १२ वटामात्र अस्तित्वमा रही अरु लोप भएजस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गर्ने गरिएको जियर शैक्षिक प्रतिष्ठानका अध्यक्ष कुमार अधिकारीले बताउनुभयो ।

“ऋग्वेदका २१ शाखामध्ये हाल दुई, यजुर्वेदका एक सय एक शाखामध्ये चार, सामवेदका एक हजार शाखामध्ये चार, अथर्ववेदका नौ शाखामध्ये दुई शाखामात्र हाल उपलब्ध छन्, अरु लोप भइसके, गीताले पनि यस्तै नियति भोग्नु नपरोस् भनी जनजागरण गर्न गीता जयन्ती कार्यक्रम मनाउन सुरु गरिएको हो”, उहाँले भन्नुभयो ।

प्रतिष्ठानले नौ वर्षअघिदेखि मोक्षदा एकादशी अर्थात् आजका दिन गीता जयन्ती मनाउँदै आएको छ । यसैगरी गीता मन्दिर स्वयम्भूमा पनि आज कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

विश्व हिन्दू महासङ्घ र यसका विभिन्न शाखाले पनि गीता जयन्तीकै अवसरमा आज राजधानीमा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । यस अवसरमा विभिन्न मन्दिरमा गीता पाठलगायत कार्यक्रमसमेत गरिने भएको छ । गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको कोटीहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने

    प्रकाशचन्द्र सापकोटा वैशाख ९, २०८२
    पोखरा ९ बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान…
  • आलु महोत्सव भोली सकिदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८२
    पोखरा, २ वैशाख । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी…
  • कृषिको उत्सव आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत । आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ । यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु…
  • महोत्सवमा १७ लाख बढीको आलु कारोवार

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत ।१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । शुुक्रबारसम्म…
  • हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८१
    पोखरा, २८ चैत । १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।…