विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

रासस
मंसिर १५, २०७९
football

काठमाडौँ, १५ मङ्सिर (रासस) : कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । खेलको ५८औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले निर्णायक गोल गरे । जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन ।

अष्ट्रेलिया नकआउट चरणमा

त्यसैगरी कतारको अल जुनब रङ्गशालामा गए राति नै भएको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० गोलअन्तरले हरायो । अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१औँ मिनेटमा निर्णायक गोल गरे ।

फ्रान्स र अष्ट्रेलिया दुवैले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोडेका छन् । गोलअन्तरमा अघि रहेर फ्रान्स समूह विजेता तथा अष्ट्रेलिया उपविजेता बन्यो ।

यसैगरी ट्युनिसिया तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहयो । डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको कोटीहोम प्रचारका लागि वैशाख ११ गते साइकल ¥याली

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १०, २०८२
    पोखरा १० बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना भएको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान…
  • पोखराको कोटीहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने

    प्रकाशचन्द्र सापकोटा वैशाख ९, २०८२
    पोखरा ९ बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान…
  • आलु महोत्सव भोली सकिदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८२
    पोखरा, २ वैशाख । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी…
  • कृषिको उत्सव आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत । आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ । यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु…
  • महोत्सवमा १७ लाख बढीको आलु कारोवार

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत ।१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । शुुक्रबारसम्म…