हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ११, २०७९
Narayani

पोखरा, ११ मंसिर । पोखरा महानगरपालिका वडा नं २५, हेमजा निवासी नारायणी त्रिपाठीले अन्तर्राष्ट्रियस्तरको युथ ट्रेलब्लेजरअवार्डबाट सम्मानित हुनुभएको छ ।

एक परिवार नियोजन र यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँलाई सो अवार्डबाट सम्मान गरिएको हो । कात्तिक २५ देखि मंसिर १ गतेसम्म थाइल्याण्डको पटाया शहरमा आयोजित सम्मेलनमा त्रिपाठीलाई सम्मान गरिएको थियो ।

परिवार योजनाका क्षेत्रका अनुकरणीय काम गर्दै आएका ५० जना अभियन्तामध्ये नेपालबाट त्रिपाठी छनोट भएर अवार्डबाट सम्मानित हुनुभएको हो । ‘अवार्डले थप जिम्मेबार बनाएको छ, उहाँले भन्नुभयो – देशको पहिचान अझै माथि उठाउने गरी काम गर्छु।’

त्रिपाठी किशोरावस्थादेखि नै साथी शिक्षक र युवा स्वयंसेवक हुँदै युवाहरुको क्षमता विकास, समुदायमा रहेका किशोरकिशोरी, युवा,महिला, विपन्न तथा पिछडीएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिलाई यौन तथा प्रजनन् स्वास्थ्य र वृहत्त यौनिकताका क्षेत्रमा शिक्षा तथा सचेतनामूलक काम गर्दै आउनु भएको छ ।

हाल उहाँ नेपाल परिवार नियोजन संघको केन्द्रीय कार्यालयमा कार्यक्रम अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives