उम्मेद्बार बराल पाँच सुत्रीय अभियानका साथ चुनावी मैदानमा

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २३, २०७९
photo 23

पोखरा, २३ कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बराल पाँच सुत्रीय अभियानका साथ चुनावी मैदानमा रहनु भएको छ ।

उहाँले मेरो इरादा, संसद र सांसदको मर्यादा, राजनीतिमा शुद्वता, मेरो प्रतिवद्वता, समृद्विको निकास, गुणस्तरीय र योजनाबद्व विकासलाई आफ्नो सुत्र भन्नुभएको छ ।

त्यस्तै, देशको समृद्वि, र शान्ति, बाटो हो कृषि पर्यटनमा क्रान्ति तथा टाउको(ज्ञान), हृदय(प्रेम र शान्ति) र हात (उद्यमशीलता र सीप) सहितको शिक्षा, विकास सुधार गर्ने मेरो महान सदीक्षालाई आफ्नो सुत्रका रुपमा अघि सार्दै निर्वाचनमा होमिनु भएको हो । ती सुत्रका आधारमा कास्की जिल्लालाई राजनीति, विकास र शिक्षाका दृष्टिकोणले चिनाउने संकल्प गर्नुभएको छ ।

निर्वाचन भनेको व्यत्ति छनोटको विषय मात्रै नभएर भविष्य निर्माणको महान र पवित्र कर्म पनि भएकाले मतदाता गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ ।

कास्की काँग्रेसका सभापति समेत रहनु भएका उम्मेद्बार बरालले आफू काँग्रेस कार्यकर्ता भएपनि विकास, निर्माण र समृद्धिको विषयमा साझा हुने उल्लेख गर्नुभएको छ ।

उहाँले कास्कीलाई प्रकृतिसँगै मानवीय कर्म, विचार र विकासका कार्ययोजनाका दृष्टिकोणले पनि चिनाउनुपर्नेमा जोड दिदै आउनु भएको छ ।

स्पष्ट विचार र दृष्टिकोणसहित उम्मेद्बार बन्नु भएका शैक्षिक, बौदिक, प्रभावशाली उम्मेद्बार बराल यतिबेला मतदातसँगको भेटघाटमा सक्रिय बन्नुभएको छ ।

उहाँले बुधबार पोखरा १० मा घरदैलो गरी मतदातासँग भेटघाट गर्नुभयो । विहीबार पोखरा ३० मा घरदैलो गरी मतदातासँग भेटघाट गर्दै हुनुुहुन्छ ।

त्यस्तै, कास्की क्षेत्र नं १(ख) का उम्मेद्बार दीपक गुरुङ पनि घरदैलो गरी मतदाता भेटघाटमा सक्रिय हुनुहुन्छ । उहाँले पनि बुधबार पोखरा १० मा घरदैलो गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives