पहिलो चरणको भेटघाट सकेपछि बरालले भन्नुभयो– ‘उत्साहित छु’

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १८, २०७९
Kishor Bral

पोखरा, १८ कात्तिक । कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले मतदाताहरुले आफूप्रति गरेको व्यवहारले उत्साहित बनाएको बताउनुभएको छ ।

मतदातासँग पहिलो चरणमा भेटघाट सक्नु भएका बरालले आफूलाई मतादाताले विश्वास र भरोसा गरेको दावी गर्नुभयो ।

‘उत्साहित छु, जनताको आवश्यकता अनुसारका नै काम गर्छु भनेको छु, उहाँले भन्नुभयो –झुटो कुरा गर्दिन, जनताको चाहना पूरा गर्नु मेरो कर्तव्य हो, कर्तव्य पूरा गर्छु।’

मतदातासँगको भेटघाटमा उहाँले शिक्षा, पर्यटन, कृषिसहित जलस्रोतलाई मुख्य प्राथमिकता दिने प्रतिवद्वता व्यक्त गर्नुभएको छ । सबैतीरबाट पाइरहेको सद्भाव, माया र विश्वास निर्वाचन जित्ने आधार भएको उहाँको भनाइ छ ।

उहाँले शुक्रबार मतदातासँग भेटघाट गर्नुको साथै ठूलो एकादशीको अवसरमा विभिन्न धार्मिकस्थल पुगेर भक्तजनसँगबाट आशिर्वाद लिनुभएको छ ।पोखरामा विभिन्न स्थानमा निकालिएको फूलको डोलीसहितको धार्मिक ¥यालीमा पनि सहभागि हुनुभयो ।

त्यस्तै, उहाँको सम्मानमा पोखराका विभिन्न संघसंस्थाले आयोजना गरेका स्वागत कार्यक्रमहरुमा सहभागि हुनुभयो ।
विभिन्न तमु समाजले आयोजना गरेका कार्यक्रम , शिक्षकसँग सम्वन्धित संघ संस्थाले गरेका शैक्षिक अन्तरक्रिया र कृषकसँगको भेटघाटमा सक्रिय रहनुभयो ।

उम्मेद्बार बराल शनिवार र आइतबार रुपा गाउँपालिकासहित पोखरा २८ तर्फ केन्द्रीत रहनु हुनेछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives