पोखरा, १७ असोज । पोखरा १० स्थित कुँडहर बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार १५ औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा सहकारीले कुँडहर आधारभूत विद्यालयका १२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै अस्पताल चोकमा रहेको प्रहरी बिटलाई सात थान प्लाष्टिक कुर्ची सहयोग गर्ने भएको छ ।
२८ जना शेयर सदस्यबाट शुरु भएको सहकारीमा हाल दुई हजार ६ सय बढी शेयर सदस्य आवद्व रहनुभएको छ ।
‘निकै संघर्षका साथ आजको अवस्थामा आइपुग्यांै, सहकारीका अध्यक्ष विश्वबन्धु थापाले भन्नुभयो, हामी हाम्रो सहकारीलाई उत्कृष्ट सहकारीका रुपमा स्थापित गर्ने कोशिस गरिरहेका छौं ।
विजय दशमीको शुभकामनासँगै आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका लेखा सुपरिवेक्षण समिति सदस्य विमला थापा बस्नेतले सहकारीका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो ।
त्यस अवसरमा पोखरा उद्योग वाणिज्य संघका सदस्य भरत केसी, सहकारीका उपाध्यक्ष शिव बहादुर बराललगायतले बोल्नुभएको थियो ।
कुँडहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक परिचालन उपसमितिका संयोजक गौतम थापाले स्वागत र सचिव सुरेन्द्र विनोद खनालले संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न