यसै वर्ष गण्डकी प्रदेश उज्यालो प्रदेश – मन्त्री आचार्य

राष्ट्र न्यूज सम्वाददाता
असाेज ४, २०७९
Rabin

पोखरा, ४ असोज । नवलपूर जिल्लाको बुलिङटार वडा नं ३ मा राष्ट्रिय प्रशारण लाइनबाट विद्युतीकरण गरिएको छ ।

विद्युतीकरणसँग त्यहाँका पाँच सय परिवार लाभान्वित हुने बताइएको छ । गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले विद्युतको स्वीच अन गरी शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री आचार्यले गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियान अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँले अब बाँकी गण्डकी प्रदेशका ०.५ प्रतिशत घरधुरीमा पनि बिजुली बत्ती बालेर छिट्टै उज्यालो गण्डकी प्रदेश घोषणा गरिने बताउनुभयो ।
यस आर्थिक वर्षमा नै गण्डकी प्रदेशलाई उज्यालो बनाउने अभियान पूरा गर्ने उहाँको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives