शिवशक्ति क्याम्पसको अध्यक्षमा टुवराज

राष्ट्र न्यूज सम्वाददाता
असाेज २, २०७९
Tubraj

पोखरा, २ असोज । पोखरा महानगरपालिका वडा नं ११ स्थित शिवशक्ति क्याम्पसको ११ औ साधारणसभा तथा छैटौं अधिवेशनले  टुवराज बास्तोलाको अध्यक्षतामा क्याम्पस संचालक समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा दुर्गा जोजीजु र बुद्विसागर घिमिरे चयन हुनुभएको छ । वडाध्यक्ष प्रेम कर्माचार्य, प्राचार्य दीपक बास्तोला र शिक्षक प्रतिनिधि दुई जना पदेन सदस्य रहनु हुनेछ । २१ सदस्यीय हुने समितिमा १४ सदस्य पछि मनोनित गरिने छ ।

अध्यक्ष बास्तोलाले क्याम्पसको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्नुभयो ।

फूलवारी क्लबका पूर्व अध्यक्ष, रोटरी क्लब अफ पोखराको पूर्वअध्यक्ष, जेसीज लगायतका संस्थामा रहेर आफ्नो क्षमता प्रदर्शन गर्नुृभएका बास्तोला शैक्षिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ ।

एमबीए गर्नुभएका उहाँ हाल रत्नज्योती बोर्डीङ स्कूलको प्राचार्य पनि हुनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives